कोभिड १९ व्यवस्थापन तथा नियन्त्रणमा गैससको भुमिका प्रभावकारी

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोभिड १९ को जोखिम ब्यवस्थापनमा गैससको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । मंसिर २५ गते आयोजित कोभिड १९ व्यवथापन तथा नियन्त्रणमा गैससको भूमिका बिषयक अन्तक्रिया कार्यक्रममा बोल्दै गैससकर्मीहरुले यस्तो बताएका हुन् । बाँकेमा गैससहरुले कोभिड ब्यवस्थापनमा संयुक्त रुपमा सरकारलाई सहयोग गरेको बताए । गैससले कोभिड जोखिम नियन्त्रणमा देशमै उत्कृष्ट नमुना काम गरिरहेको भन्दै अब आउने जोखिममा समेत गैसस तयार रहेको बताएका थिए । कार्यक्रममा बोल्दै गैसस महासँघ बाँके शाखाका सचिब आशिष बर्माले कोभिडको जोखिम ब्यवस्थापनमा गैससहरुको भूमिका प्रशंसायोग्य रहेको बताए । कोरोनाको असहज परिष्थीतिमा गैर सरकारी संस्थाहरुले सरकारलाई गरेको सहयोग पश्चात सरकारी निकायको गैसस प्रतिको सोचाई समेत सकारात्मक भएको उनको भनाई थियो । उनले सबैले स्वास्थ्य मापदण्ड अपनाउदै कोभिडको सम्भावित जोखिममा समेत लड्न तयार रहनुपर्नेमा जोड दिएका थिए । गैससहरुको भूमिकाका बिषयमा गरिएको अन्तरक्रिया समय सान्दर्भीक रहेको उनको भनाई थियो ।
बासका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको अन्तरक्रियामा सहभागिहरुले आफ्नो संस्था मार्फत गरेका क्रियाकलापहरुको बारेमा जानकारीसँगै आगामि दिनमा कोभिडको जोखिम न्यूनिकरणका लागि गरिएको योजनाका बारेमा जानकारी गराएका थिए । अन्तरक्रियामा राष्ट्रिय अपांग अल्बीनोका अध्यक्ष टेकराज जैसी, गैसस महासँघ बाँकेका सदस्य लोक बहादुर परियार, फेडोका अध्यक्ष निर्मला सुनार, द्धन्द्ध पिडित तथा एकल महिला संजाल बाँकेकी अध्यक्ष जयन्त्री खत्री, स्याकका कार्यक्रम मेनेजर जगदिस थापा, बिग्रुपका शोम गुरुङ्ग, बाँके नेत्रहिन संघका भोलानाथ त्रिपाठी, फातिमा फाउण्डेसनका उमेश गुप्ता, युवा सञ्जालकी ओजस्वी जोशी, रामु चिडिमार लगायतले कोभिड बिरुद्ध गरिरहेका काम तथा जोखिम नियन्त्रणको योजनाका बारेमा जानकारी गराएका थिए । बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए । कार्यक्रममा ४० बढीको सहभागिता रहेको थियो ।

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech