जोखिम ब्यवस्थापनका लागि जिल्ला स्तरीय सहजिकरण संयन्त्र गठन

असल शासन प्रतिनिधि

नेपालगन्ज / जिल्ला कोभिड १९ जोखिम ब्यवस्थापन समिति संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले कोभिडको जोखिम अझै कम नभईसकेकाले सचेतना र सावधानिका कार्यक्रमहरु सञ्चालन गरिरहनु आवश्यक रहेको बताएका छन् ।
युएनडिपीको सहयोगमा बासद्धारा आयोजित न्ऋऋःऋ समितिसँगको बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले यस्तो बताएका हुन् । जिल्लामा सुशासन प्रबद्र्धनमा उत्कृष्ट कार्य गरिरहेको बासले कोभिडको समयमा समेत समितिलाई राम्रो सहकार्य गरेकोमा उनले धन्यबाद ज्ञापन गरेका थिए । उनले कोभिड जोखिमको अवस्थाका लागि बासले सञ्चालन गरिरहेको कोभिड जोखिम
सम्बोधन कार्यक्रम निकै महत्वपूर्ण रहेको बताए । जिल्ला स्तरीय समितिले कार्य गरिरहेको भएपनि समितिलाई थप सहयोग गर्न बासले प्रश्ताव गरेको संयन्त्र गठन गर्दा समितिलाई सहयोग पुग्ने उनको विश्वास थियो । बैठकको शुरुवातमा बासका निर्देशक हेमराज भट्टले कोभिड जोखिम सम्बोधन कार्यक्रम अन्तरगत बासले गरिरहेका क्रियाकलाप र पालिका तहमा भएका बैठकहरुबाट आएको निकर्षका बारेमा बैठकमा जानकारी गराएका थिए । कोभिड जोखिम ब्यवस्थापन तथा
गुनासो सुनुवाई संयन्त्र गठनको बारेमा जानकारी गराएका थिए । त्यस पश्चात भएको छलफलको आधारमा सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको संयोजकत्वमा जिल्ला स्तरीय सहजिकरण संयन्त्र समिति गठन गरिएको छ । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले सञ्चालन गरेको बैठकमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ग, जिल्ला समन्वय समिति प्रमुख अजय श्रीवास्तब, नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख उमा थापा मगर, बाँकेका प्रहरी प्रमुख ओम बहादुर राना, नेपाली सेना भैरव प्रसाद गणका प्रमुख सेनानी नकुल थापा, स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाह लगायत कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech