लक्षित समुदायमा जनचेतना जगाउन जरुरी

बाँकेका २० स्थानमा लक्षित समुह छलफल

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोरोना भाईरसका बारेमा सामान्य जानकारी भएपनि त्यसका बिरुद्ध सचेतना भने कमै गर्ने गरेको स्थानीयहरुले बताएका छन् ।
युएनडिपीको सहयोगमा बासद्धारा सञ्चालीत कोभिड जोखिम सम्बोधन कार्यक्रम अन्तरगत कोभिडको जोखिममा रहेका सहुदायहरुमा गरिएको लक्षित समुह छलफलका क्रममा यस्तो बताएका हुन । बाँकेका आठ ओटै स्थानीय तहका विभिन्न २० स्थानमा गरिएका छलफलको क्रममा स्थानीयहरुले कोभिडका बारेमा सामान्य जानकारी भए पनि आर्थिक अभावका कारण सुरक्षा सामाग्रीको प्रयोग गर्न नसकिएको, स्थानीय सरकारले कोभिड बिरुद्ध खासै कार्यक्रमहरु सञ्चालन नगरेको, कोभिडका कारण बेरोजगार भई बस्नु परेको लगायतका गुनासाहरु गरेका थिए । सो क्रममा कोभिडले परिवारको गुजारा गर्न समेत काम नपाउने स्थितीको श्रृजना भएको लक्षित बर्गको भनाई थियो ।
बासले दिएको जानकारी अनुसार कोरोनाको बारेमा उनीहरुमा भएको चेतना स्तर, कोभिड बिरुद्ध उनीहरुले थालेका प्रयोग, स्थानीय सरकारले कोरोना बिरुद्ध गरेका कामहरु, लक्षित बर्गको कोरोना भाईरस बारेको बुझाई, कोरोनाका बिच गुनासो सुनुवाई लगायतका बिषयमा छलफल केन्द्रीत गरिएको थियो । यसरी स्थान र बर्गको चयन गर्दा सम्बन्धीत स्थानीय पालिकासँग समन्वय गरि गरिएको बासले जनाएको छ । छलफल सुकुम्बासी बस्ती, लोपोन्मुख चिडीमार समुदाय, जेष्ठ नागरिक समुह, वालवालिका, नेपाल भारत सिमा नाकामा रहेका बस्ति, मधेषि तथा मुस्लिम समुदाय, महिला समुह लगायतमा गरिएको थियो । छलफलको क्रममा लक्षित समुदायमा प्रयाप्त जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिएको बासले जनाएको छ ।

 

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech