मण्टेश्वरी एशोसियसनका पदाधिकारीहरुले खाए सपथ

असल शासन प्रतिनिधि

नेपालगन्ज –  मण्टेश्वरी एशोसियसन बाँकेको प्रथम अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।

मंसिर २७ गतेको प्रथम साधारण सभा तथा अधिबेशनबाट सर्वसम्मतिले पदाधिकारीहरु चयन गरिएको थियोे । अधिबेशनबाट निर्वाचित अध्यक्ष लुना बुढाथोकीलाई मुख्य निर्वाचन अधिकृत पुर्णलाल चुकेले सपथ ग्रहण गराए पश्चात अध्यक्ष बुढाथाकीले अन्य पदाधिकारीहरुलाई सपथ ग्रहण गराएकी थिइन् । सपथ ग्रहण कार्यक्रममा बासका निवर्तमान अध्यक्ष मन भण्डारी र बरिष्ठ पत्रकार तथा मुख्य निर्वाचन अधिकृत पुर्णलाल चुकेले शुभकामना दिएका थिए ।

निर्वाचन अधिकृत के. पी घिमिरेले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी मोहन बस्नेत, बासकी केन्द्रीय सदस्य तथा निर्वाचन अधिकृत दिला शाह, सन नेपाल लाइफ इन्सोरेन्स क.लि. नेपालगन्जका प्रमुख कमल शाही लगायत उपस्थिति रहेको थियो ।

आजै मण्टेश्वरी एशोसियसन बाँकेको आयोजनामा सञ्चालित तिन दिने क्षमता बिकास तथा भाषणकला तालिमको समापन भएको ।
पौष ४ गतेदेखि ७ गते सम्म संचालित तालिम उक्त तालिमका सहभागिहरुलाई बरिष्ठ पत्रकार पुर्णलाल चुके, बासका निवर्तमान अध्यक्ष मन भण्डारी, मण्टेश्वरी एशोसियसन बाँकेकी अध्यक्ष लुना बुढाथोकी लगायतले प्रमाण पत्र वितरण गरेका थिए ।

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech