महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीको बिजयी शुरुवात

असल शासन प्रतिनिधि

लमही दाङ/ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बिजयी शुरुवात गरेको छ ।

आज देखि दाङको लमही स्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश २ बिरुद्द ९ विकेटको जित निकाल्दै लुम्बिनीले सुखद शुरुवात गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको प्रदेश २ ले २० ओभरमा ७ विकेट गुमाउदै ७७ रन मात्रै बनाएको थियो । प्रदेश २ को लागि अनुराधा चौधरी र साना प्रबीनले समान २१/२१ तथा बिमला मगरले १० रनको योगदान दिएका थिए । लुम्बिनी प्रदेशको लागि बलिङ तर्फ सुस्मिता भुसालले ४ ओभरमा १० रन खर्चंदै ३ विकेट तथा नेरि थापा, गिता गोसाइ र स्वस्तिका बजगाइले समान १/१ विकेट लिएका थिए । ७८ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी प्रदेशले १६ ओभर १ बलमा १ विगेट गुमाउदै सो लक्ष्य पूरा गरेको थियो । लुम्बिनीको सहज जितमा ओपनर गिता गोसाइले सर्बाधिक २३ रन बनाएका थिए भने सरस्वती बजगाईले २२ र कप्तान नेरि थापाले १२ रनको योगदान दिएका थिए । प्रदेश २ का तर्फबाट बलिङमा कबिता गौतमले मात्रै १ विकेट लिनु बाहेकले विगेट लिन सकेनन् ।

प्रतियोगितामा विभागिय एपिएफको टिमसहित ७ वटै प्रदेश गरी जम्मा ८ ओटा टिमले सहभागिता जनाएका छन् ।

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech