आर्थिक मामिलामन्त्री आङ्बो पदमुक्त

असल शासन प्रतिनिधि

बिराटनगर / प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पदमुक्त भएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्री आङ्बोलाई पदमुक्त गरेको मुख्य मन्त्री कार्यालयले जनाएको छ । संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई पदमुक्त गरेको जनाएको छ । प्रचण्ड–नेपाल खेमाका सांसदहरुले मुख्यमन्त्रीराई बिरुद्ध अविश्वासको प्रश्ताव ल्याउन हस्ताक्षर संकलन गरिरहेको भन्ने खबरका बिच पूर्व माओवादी खेमाका आङ्बो बर्खास्त भएका हुन् । मन्त्रीलाई हटाएपछि प्रदेश १ मा प्रदेश सरकारमा जोडघटाउले थप राजनितिक रंग छाएको छ ।

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech