बैठक ब्यवस्थापन तथा माइन्यूट लेखन तालिम शुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज / बैठक ब्यवस्थापन तथा माइन्यूट लेखन बिषयक पाँच दिने तालिम नेपालगन्जमा शुरु भएको छ ।
विभिन्न संघसंस्था, समुह तथा क्लबमा आबद्ध सहभागिलाई बैठक ब्यवस्थापन र माइन्यूट लेखनका बारेमा जानकारी दिदै उनीहरुको क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले तालिम आयोना गरिएको हो ।
बास केन्द्रीय कार्यालयको आयोजनामा आज उद्घाटन भएको तालिमको उद्घाटन सत्रमा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले बैठक र माइन्यूट लेखन हेर्दा सामान्य भएपनि बैठक ब्यवस्थापन र माइन्युट लेखनमा देखिएको समस्या समाधानका लागि तालिम आयोजना गरिएको बताए । तालिमले सहभागिहरुलाई बैठक ब्यवस्थापन र माइन्यूट लेखनको उचित ज्ञान प्राप्त हुने उनको विश्वास थियो । तालिमको उद्घाटन सत्रमा स्वागत तथा उद्धेश्यमाथि प्रकाश बासका निमित्त कार्यकारी निर्देशक हेमराज भट्टले गरेका थिए । बासका संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको उद्घाटन सत्रमा बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले तालिमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
तालिमको पहिलो दिन बैठकको अवधारणा र पृष्ठ भूमिका बारेमा बासका निर्वतमान अध्यक्ष मन भण्डारीले सहजिकरण गरेका छन् । तालिममा विभिन्न क्षेत्रका ५५ जनाको सहभागिता रहेको छ ।

  • १२ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech