डल्लीले चक्कु देखाउँदै भनिन् : ‘मैले लोग्ने मारे, कारवाहि गर्नुस्’

असल शासन प्रतिनिधि

रुकुम पश्चिम, पुस १३ । आईतबार बेलुका ५ बजे पश्चात जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको गेटमा हातमा रक्ताम्य चक्कु समाएर आएकी एक महिलाले डिउटीमा रहेका प्रहरीलाई भनिन्, ‘मैले मेरो श्रीमान्लाई मारेर आए, मलाई कारबाहि गर्नुस् ।’

न्याय माग्न भौतारिएर आएकि होलिन सोचेको प्रहरी टोलीले जब वास्तविकता बुझ्दै गयो, उनले भनेको कुरा सत्य बन्दै गयो । आईतबार बिहान ४ बजे घरमै श्रीमानलाई चक्कु प्रहार गरेर हत्या गरेपछि उनी अर्थात रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ नम्वर वडा घोरखानी किटेनी गाँउकि बर्ष ५० की डल्ली बुढा बेलुका ५ बजे प्रहरी कार्यालय आएकि थिईन् । आफ्नै श्रीमानको हत्या गरेको भन्दै उनले प्रहरी समक्ष आत्मसमर्पण गरेकी छिन ।

आफु भन्दा ११ बर्षले कान्छा ३९ बर्षका श्रीमान चित्रबहादुर थापालाई चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हत्या गरेर आफ्नै घरमा छाडेर उनी प्रहरीलाई खबर गर्न आफै आएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहिले बताए । प्रहरी निरीक्षक शाहिका अनुसार निज अभियुक्तले आफैंले हत्या गरेको स्विकार्दै प्रहरी समक्ष आएको र आजै जाहेरी लिएर मुद्दा चलाईने छ ।

प्रहरी निरिक्षक कपिल शाहीको कमाण्डमा खटिएको प्रहरी अनुसन्धान टोलिले मृतकको शव निजकै घरभित्र फेला पारी प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको छ । आजै शवको जिल्ला अस्पताल सल्लेमा पोस्टमार्टम हुदैछ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । डल्ली चित्रबहादुरको कान्छि श्रीमती हुन् ।

  • १३ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech