सवारी चालक अनुमतिपत्रको अनलाईन फारम खुला

असल शासन प्रतिनिधि

नेपालगन्ज / लामो समय देखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाईसेन्स) को अनलाईन फारम खुला गरिएको छ ।
कोरोना महामारिका कारण चैत्र महिना देखि बन्द रहेको लाईसेन्स पौष १४ गते मंगलबार देखि देशका सात वटै प्रदेशमा खुला गरेको हो । यातायात ब्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाईन फारम खुला भएको जानकारी दिदै स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्था गरिएको जनाएको छ । यातायाता ब्यवस्था कार्यालय नेपालगन्जका प्रमुख पूर्ण बहादुर खत्रीले विभागको निर्णय अनुसार अनलाईनबाट आवेदन खुला गरिएको असल शासन डटकमलाई बताए ।
अहिले दैनिक मोटरसाइकलमा एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको विभागले जनाएको छ । केही समयका लागि कोटामा आवेदन खालेको भएपछि पछि गएर यसलाई नियमित गर्ने बताईएको छ ।

  • १४ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech