कृषक समुहलाई कृषि उपकरण सबमरसेल

असल शासन प्रतिनिधि

बाँके/डि.सि.ए को आर्थिक सहयोगमा दलित महिला संघ फेडोले खजुरा स्थित कृषक समुहलाई कृषि उपकरण सबमरसेल प्रदान गरेको छ ।

खजुरा गाउँपालिका वडा नं ५ बसन्तापुर स्थित उज्यालो दलित महिला समूहलाई सो सबरमेल प्रदान गरिएको हो ।

प्रदान गरि जडान गरिएको सबलमसेल पौष १२ गते खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया बि.क.ले उद्घाटन गरेकि छन् ।
पानी निकाल्नका लागि प्रयोग गरिने सबलमसेल उपकरणका लागि दलित महिला संघबाट १ लाख ३ हजार ९ सय प्रदान गरिएको हो भने उज्यालो दलित महिला कृषक समुहबाट २९ हजार रकम व्यहोरिएको हो ।

समुहमा आवद्ध महिलाहरुले तरकारी खेतीसँगै नगदे बाली गर्न सिंचाईंका लागि जडान गरिएको उपकरण सहयोगी हुने बताईएकोछ । जसबाट समुहमा २१ जना रहेका छन् ।

कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया बि.क., दलित महिला संघका अध्यक्ष निर्मला सुनार, कार्यक्रम संयोजक दिलिशा गौतम लगायत समूहका अध्यक्ष मनिषा खटिकको सहभागिता रहेको थियो ।

 

  • १५ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech