गैसस महासंघ नेपाल बाँकेको २१ औं साधारणसभा भव्य

पूर्व अध्यक्षहरुलाई सम्मान

असल शासन प्रतिनिधि

बाँके/गैर सरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको २१ औं बार्षिक साधारणसभा बुधबार नेपालगञ्जमा सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षता र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रम उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले सामाजिक सेवाबाट मात्र देशमा बिकास र समृद्धि हुने बताए ।

कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव शोभाराम डाङ्गिले देशको सामाजिक आन्दोलनमा गैससहरुले पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा संबिधानसभा सदस्य मोहम्मदी सिद्धिकी, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, महासंघ बाँके शाखाकी संस्थापक अध्यक्ष किरण कोईराला, पूर्ण अध्यक्ष पूर्णलाल चुके, तेज बिक्रम शाह, धर्मलाल रोकाय, प्रभात कुमार ठकुरी, प्रमोद रिजाल र महासंघका सल्लाहकार ईन्सेकका लुम्विनी प्रदेशका संयोजक भोला महत लगायतले कार्यक्रममा बोलेका थिए ।

महासंघका सहसचिव सावित्रि गिरीले सञ्चालन गरेको कार्यक्रममा सदस्य शंकर न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव आशिष बर्माले प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष दिपा थापाले आर्थिक प्रतिबेदन प्रश्तुत गर्नुभएको थियो प्रश्तुत प्रतिबेदनहरु माथि व्यापक छलफलका साथ अनुमोदन गरिएको थियो ।

पूर्ब अध्यक्षहरुलाई सम्मान


साधारणसभामा पूर्ब अध्यक्षहरुलाई सम्मान गरिएको छ । महासंघलाई नेतृत्व प्रदान गरि महासंघको संस्थागत बिकासमा पुर्याएको योगदानको कदर गर्दै वहाँहरुलाई सम्मान गरिएको हो ।

यसरी सम्मान प्राप्त गर्नेहरुमा महासंघ बाँके शाखाकी संस्थापक अध्यक्ष किरण कोईराला, पूर्ण अध्यक्ष पूर्णलाल चुके, तेज बिक्रम शाह, धर्मलाल रोकाय, प्रभात कुमार ठकुरी, प्रमोद रिजाल रहेका छन् । वहाँहरुलाई प्रमुख अतिथी राणा र बाँके शाखाका अध्यक्ष नमस्कार शाहले सम्मान पत्र प्रदान गरेका थिए ।

  • १५ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech