सामाजिक सञ्जालमा स्ट्याटस लेख्ने चन्द ८ महिनापछि पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज–७/८ महिना अघि लेखेको फेसबुक स्ट्याटसलाई लिएर बाँकेका डिल्लीबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा नेता तथा पूर्व मन्त्री महेश बस्‍नेत र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालविरुध्‍द चन्दले सांसद्‍ अपहरण गरेको बारेमा सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए । बस्‍नेत बुधबार नेपालगन्‍ज गएपछि उनलाई पक्राउ गर्न लगाएको बताइएको छ ।
त्यही स्ट्याटस लेखेको आरोपमा नेपालगन्ज उपमहानगरपालिका–१८ का चन्दलाई पुस १४ गते राति पक्राउ गरिएको हो । गोर्खाज फाइनान्समा डिउटी बसेका चन्दलाई त्यहीँबाट गिरफ्तार गरिएको चन्दको परिवारले जानकारी दिए ।
यसैबीच नेपाली काँग्रेस बाँकेले एक विज्ञप्ति प्रकाशित गरी घटनाबारे गम्भीर ध्यानकर्षण भएको जनाएको छ । कांग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणाले चन्दको अवस्था तत्काल सार्वजनिक गर्न, परिवार र आफन्तसँग सम्पर्क गराउन र बिनासर्त रिहा गर्न उपसभापति राणाले माग गरेका छन् ।

 

  • १६ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech