बस पल्टिदा दाङमा१० जना घाइते

असल शासन प्रतिनिधि

 

दाङ/ यात्रुवाहक बस दुर्घटना हुँदा दाङमा १० जना घाइते भएका छन् ।

बिहीवार बिहान पोखराबाट तुलसीपुरतर्फ आउँदै गरेको ग १ ख ९६३९ नम्बरको बस घोराही उपमहानगरपालिका १६ कपासेबगियामा अनियन्त्रित भइ पल्टिँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा घोराही उपमहानगरपालिका १२ की सपना विक, तुलसीपुर उपमहानगरपालिका १८ की शर्मिला घर्ती, निर्मल विक,सल्यानको त्रिवेणी गाउँपालिका ६ का रामप्रसाद कठायत, तेजबहादुर गिरी र हस्ती गिरी रहेका छन् ।

त्यस्तै सुनसरीको इटहरी नगरपालिका ८ का दलबहादुर विश्वकर्मा, त्रिवेणी गाउँपालिका ३ की चेतना रेउले, कपुरकोट नगरपालिका ७ का गणेश बोहरा र स्याङ्जाको फेदी गाउँपालिका १ का रामचन्द्र विक दुर्घटनामा घाइते भएका छन् ।घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech