जाली नोटसहित तीन जना पक्राउ

असल शासन प्रतिनिधि

 

मोरङ /सुनसरीबाट तीन जनालाई प्रहरीले जाली नोटसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिनगर गाउँपालिका २ का २४ वर्षीय नजिम साफी , धरान उपमहानगरपालिका १७ का महेन्द्र तामाङ र धरान उपमहानगरपालिका १९ का ६६ वर्षीय टेकबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले नेपाली जाली नोट एक हजार दरका चार सय १५ थान बरामद गरेको हो ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech