होटलमा अवैध यौन व्यवसाय गर्ने पक्राउ

असल शासन प्रतिनिधि

बाँके/  बाँके जिल्लाको बिभिन्न स्थानका होटलहरुमा यौन व्यवसाय गर्नेहरुलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

जनगुनासोको आधारमा वडा प्रहरी कार्यालय नेपालगंज बाट खटिएको प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको टोलीले जिल्ला बाँके नेपालगंज उप–महानगरपालिका वडा नं.२० राँझाबाट केहि होटल सञ्चालकलाई तथा यौन व्यावसायीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धानको काम गरिरहेको प्रहरीले जनाएको छ ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech