पेटमा लुकाएको लागु औषधको क्याप्सुल सिटी स्क्यानबाट देखिएपछि

असल शासन प्रतिनिधि

नेपालगन्ज/लागु औषध प्रयोग कर्ताले कति सम्मको हर्कत गर्छन । त्यो अनुमान गर्न अप्ठेरो पर्ने गर्छ । उनीहरुले कसैले थाहाँ नपाउन भनेर अनेक उपाय लगाउछन ।

यस्ता उपायबाट कोही सफल हुन्छन त कोही नराम्ररी फस्ने गर्छन । यस्तै हर्कत गर्ने चार जना प्रहरीको फन्दामा परेका छन ।
धादिङ खनियाँबास नगरपालिका–१ का ४९ वर्षीय दावा लामाले अवैध लागूऔषध खैरो हेरोइनका क्याप्सुलहरु निलेर पेटमा लुकाई–छिपाई ल्याएको सूचनाको आधारमा विमानस्थलबाट प्रहरीले पक्राउ गर्न सफल भयो ।

त्यसपछि दावालाई नेपाल प्रहरी अस्पतालमा लगेर सिटी स्क्यान गर्दा पेटमा क्याप्सुलहरु देखिएको र त्यसलाई दिसाबाट निकाल्न लगाएको प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।

पेटबाट निकालिएको खैरो हेरोइनको तौल ९ सय ग्राम रहेको कडेलले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खैरो हेरोइनसहित दावा पक्राउ परेका हुन ।

उनी संगै चैत २६ गते पाकिस्तानबाट युएईको शारजहाँ हुँदै आएका धादिङ सत्यवतीकी ५९ वर्षीया गोपी तामाङ, रुवी भ्याली–३ सेतुङकी ४५ वर्षीया होनीमाया तामाङनी र लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ घर भएका ५२ वर्षीय वयसबहादुर गुरुङ पक्राउ परेका छन ।

पक्राउ परेका चारैजनामाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech