त्रिकोणात्मक टि ट्वान्टी आईको अन्तिम खेलमा नेपालद्धारा मलेसिया पराजित

असल शासन प्रतिनिधि

 

काठमाडौँ / त्रिकोणात्मक टि ट्वान्टी आई मा अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । बलिङ र ब्याटिङ दुवैतर्फ सामूहिक प्रदर्शन गरेको नेपालले सहज जित हासिल गरेको छ ।

जितको लागि २ सय १८ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १ सय ४८ रनमा अल आउट भयो । मलेसियाका अमिनुद्दीन राम्लीले १८ बलमा ५ छक्का र १ चौका सहित सर्वाधिक ४१ रनको योगदान दिए । कप्तान अहमद फाइजले ३१, विरनदीपसिंहले १३, फ्टिी सामले १४ र मोहम्मद वाफिकले १२ रन बनाए ।

। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९–९ विकेटले हराएको थियो ।

नेदरल्यान्ड्सँग दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीका साथ ५ अङ्कका साथ दोस्रो स्थानमा रह्यो ।

मलेसिया ४ खेलमा ३ मा हार र १ मा बराबरीका साथ १ अङ्क जोड्दै पुछारमा रह्यो ।

फाइनलमा नेदरल्यान्ड्स र नेपाल यस अघिनै पुगिसकेका थिए । फाइनल खेल शनिवार हुने छ ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech