डुडुवामा सार्वजनिक सेवाको प्रभावकारीता विषयक अन्तरक्रिया

असल शासन प्रतिनिधि

नेपालगन्ज / डुडुवा गाउँपालिकाका दुई ओटा वडामा सार्वजनिक सेवाको प्रभावकारीता विषयमा अन्तरक्रिया गरिएको छ ।
डुडुवा गाँउपालिका वडा नं। १ होलिया र वडा नम्बर २ मा सो अन्तरक्रिया गरिएको हो । वडाका जनप्रतिनिधि र कर्मचारीकाहरुसँग सार्वजनिक सेवा प्रवाह र प्रभावकारिताका बिषयमा छलफल गरि वडाको सेवा प्रवाह चुस्त दुरुस्त बनाउने उद्धेश्यले उक्त अन्तरक्रिया गरिएको हो । डुडुवा गाउँपालिका र बासको साझेदारीमा वडा नम्बर १ मा सञ्चालित नागरिक सहायता कक्ष कार्यक्रम अन्तरगत भएको उक्त कार्यक्रममा वडा अध्यक्ष पटेश्वर कुर्मी, वडा सदस्यहरु रामसागर लोनिया, कानिकतारा पासिन, सुष्मा यादव, वडा सचिव, विद्याराम यादव लगाएत को उपस्थिती रहेको थियो ।
अन्तिरक्रियामा वडा जनप्रतिनिध र वडा कर्मचारीहरुले वडाबाट प्रवाह गर्ने सेवा चुस्त दुरुस्त रहेको बताए । अन्तरक्रियाले काम कार्वाहीलाई थप प्रभावकारि बनाउन भूमिका निर्वाह गर्ने उनको भनाई थियो । अन्तरक्रियामा बोल्दै बासका केन्द्रीय महासचिव शिवकुमार वर्माले सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन अपिल गरे । अन्तरक्रियामा कार्यक्रमको प्रभावकारीताको विषयमा नागरिक सहायता संयोजक रबिन्द्र बोहराले प्रस्तुतिकरण गरेका थिए ।
यसैगरी वडा नं २ मा भएको कार्यक्रममा वडा सदस्यहरु लिलावती यादव, रेखा सोनकर, विनोद कुमार लोनिया, इजाजुद्दिन खाँ, वडा सचिव शिव कुमार मौर्य बासका केन्द्रीय महासचिव शिव कुमार वर्मा लगाएत वडा कर्मचारीहरुको सहभागिता रहेहो थियो । अन्तरक्रियामा वडा सदस्य लिलावती यादवले नागरिक सहायता कक्षबाट प्रवाह गरिने सेवाहरु निकै प्रभावकारी रहेको र आफुहरुले बेलाबेलामा त्यसको अनुगमन समेत गर्ने गरेको बताईन् । यसैगरी सचिव शिव कुमार मौर्यले सार्वजनिक सेवा प्रवाह सम्बन्धि यस्तो अन्तरक्रियाले आगामी दिनमा कार्य सहजता हुने विश्वास ब्यक्त गरे । अन्तरक्रियामा बासका केन्द्रीय महासचिव शिव कुमार वर्माले सार्वजनिक सेवा प्रवाहमा नागरिक सहयाता कक्ष एक महत्वपूर्ण विधिको रुपमा रहेको बताए । अन्तरक्रियामा सार्वजनिक सेवाको प्रभावकारीता विषयक प्रस्तुतिकरण बासका नागरिक सहायता कक्ष संयोजक रबिन्द्र बोहराले गरेका थिए ।

 

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech