राप्तीसोनारीका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना पोजेटिभ

असल शासन प्रतिनिधि

नेपालगन्ज/बाँकेमा कोरोना संक्रमित दिनप्रतिदिन बढेसँगै राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसहित १६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमित हुनेमा प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, वडा नम्बर ९ का वडाअध्यक्ष महावीर ओली, लेखा अधिकृत गौरब कुमार लामिछाने, शिक्षा शाखा प्रमुख जीवन न्यौपाने र वडा नम्बर ८ का वडा सदस्य तारा बिकलगायत स्वास्थ्य शाखा, जिन्सी शाखाका कर्मचारी रहेका छन् । यस अघि गाउँपालिकाका अध्यक्ष लाहुराम थारु लाई कोरोना संक्रमण भएको छ । अध्यक्ष थारु अहिले होम आइसोलेसनमा रहेका छन् ।

गाउँपालिकाका अध्यक्षलाई नै कोरोना संक्रमण भएपछि कन्ट्रक्याट टे«सिङको आधारमा जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । बुधबार लिइएको स्वाब संकलनमा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech