लागुऔषध गाँजासहित ३ जना पक्राउ

असल शासन प्रतिनिधि

 

तनहुँ/ जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं ४ नयाँपुल स्थितमा लागु औषधको कारोबार बढिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा बुधबार धादिङको गल्छी गाउँपालिका वडा नं ६ बस्ने २५ वर्षीय आकाश मगर, स्याङजाको पुतलीबजार नगरपालिका वडा नं १४ बस्ने १८ वर्षीय अजय भन्ने जगदिश क्षेत्री र कास्कीको पोखरा महानगरपालिका वडा नं १७ बिरुवा बस्ने अन्दाजी १८ वर्षीय समिप मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

लागु औषधको कारोबार गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई उनिहरुको शरिर समेत तलासी लिदा आकाश मगरले बोकेको दोकाधे झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा अबैध लागु औषध १ केजी गाँजा फेला पारी बरामद गरी संलग्न तिनै जनालाइउ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech