नेपालगन्ज उपमहानगरपालिका —४ का वडाअध्यक्ष वेहनाले दिए २ लाख

असल शासन प्रतिनिधि

नेपालगन्ज/   नेपालगन्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मो.सफिक बेहनाले भेरी अस्पताललाई अक्सिजन सिलिण्डर खरीदका लागि दुई लाख रकम हस्तान्तरण गरेका छन् ।

वडाध्यक्ष मो.सफिक बेहनाले अस्पतालमा अक्सिजनको अभाव कम हुने नदिन २०० बढी अक्सिजन सिलिण्डर खरीदका लागि भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाशबहादुर थापालाई एक कार्यक्रमको आयोजना गरी दुई लाख रुपैयाँ संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

वडाध्यक्ष बेहनाले कोरोना महामारीका बेला आफुले सहयोग गर्न पाउँदा धेरै खुसी लागेको बताएका छन ।
रकम हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्सेर राणाले महामारीबाट बच्न र बचाउन सबैको दायित्व भएकाले सवैलाई सकेको सहयोग गर्न आग्रह गरे ।

मेयर राणाले स्थानीय सरकार कोरोना नियन्त्रणमा लागिरहेको बताउदै सवैले सचेतता अपनाउनुको विकल्प नभएको बताए ।

अस्पतालका मेसु डा.थापाले पछिल्लो समय आउने कोरोना संक्रमितलाई अक्सिजनको आवश्यकता पर्ने देखिएकाले अक्सिजनसमेत पुर्याउन धौधौ परिरहेका बेला वडाध्यक्षको सहयोगले केही राहत महसुस भएको बताए ।

केही सातायता भेरीमा पीसीआर परीक्षण गर्दा दैनिकरुपमा झण्डै ८० प्रतिशतमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ ।

कोभिडको लागि छुट्टाएर राखिएका सम्पूर्ण १४२ बेडहरु पूर्णरुपमा भरीभराउ भएको अस्पतालका मेसु डा.थापाले जानकारी दिए ।

भेरी अस्पतालमा १४२ आइसोलेसन बेड छन् । ३५ आइसियू र सात भेन्टिलेटर सुविधा छ ।

अहिले सबै भरिएका छन् । उता कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पनि यस्तै समस्या छ । ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech