कोरोना देखिएपछि राप्तीसोनारी गाउँपालिकाको दैनिक सेवा प्रवाह अवरुद्ध

असल शासन प्रतिनिधि

बाँके / कोरोनाको प्रकोप बढिरहेको अवस्थामा सेवा प्रदायक निकायहरुले सहजै सेवा प्रवाह गर्न सकिरहेका छैनन । सेवा प्रदान गर्ने निकायका जनशक्तिलाई कोरोना संक्रमण भएपछि अधिकाँश स्थानमा यो समस्या छ ।

यस्तै बाँकेको राप्तीसोनारी गाउँपालिकामा पनि गाउँपालिकाका अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत लगायत १७ जना कर्मचारीहरुमा कोभिड संक्रमण देखिएपछि सेवा प्रवाह रोकिएको छ ।

सेवाहरु बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था भएकाले अवस्था सहज भएपछि सम्पुर्ण सेवाहरु पुनः सुचारु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकवहादुर शाहीले बताए ।

उनले विज्ञप्ती मार्फत गाउँपालिका अन्र्तगत संचालित सम्पूर्ण विद्यालयहरु सो अवधिसम्मका लागि वन्द रहने जानकारी गराएका छन ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech