तातियो कालोबजारी नियन्त्रण गर्न सरकारी अनुगमन समितिःदुई तरकारी पसल कारवाहीमा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ वन्दावन्दिका कारण दैनिक उपभोग्य सामानमा कालोवजारी र मूल्यवृद्धि भएको भन्ने गुनासो आएपछि वजार अनुगमनको कामलाई नेपालगन्जमा जोड दिइएको छ ।

शुक्रवार नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख समेत रहेकी उपभोक्ता हित संरक्षण समितिकी संयोजक उमा थापाको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका भित्रका ३ वटा सब्जी मण्डिको संयुक्त रूपमा अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा अनुचित व्यापारिक क्रियाकलाप गर्ने दुई वटा तरकारी पसललाई कारवाही गरिएको छ । उनिहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८(घ) को कसुरमा ऐनको दफा ३९(१) (क) बमोजिम जनही रु २०,०००/ तत्काल जरिवाना गरिएको छ ।

 


प्राप्त गुनासोहरुको सम्बोधन संगै कालो बजारी हुन नदिन नगरपालिका स्तरिय उपभोक्ता हित संरक्षण समितिले नियमित अनुगमन गरिरहेको उपप्रमुख थापाले जानकारी दिएकी छिन ।

साथै उनले कसैले ठगी गरेको र कालोबजारी गरेको थाहाँ पाएमा तत्काल खबर गर्न सम्वन्धित सवैलाई आग्रह समेत गरेकी छिन ।जनसमुदायबाट आएको व्यापक गुनासो र सरोकारवाला निकायको अनुगमन तयारी वारे असल शासन मिडियाले विहिवार खबर प्रकाशित गरेको थियो । आगामी दिनमा पनि अनुगमन समितिका उपलब्धी र उपभोक्ताको गुनासोलाई निरन्तर समेट्ने असल शासन मिडियाका प्रकाशक नमस्कार शाहले बताए ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech