थ्रेसर मेसिनमा परेर महिलाको ज्यान गयो

असल शासन प्रतिनिधि

रुकुम पश्चिम /  गहु माड्ने थ्रेसर मेसिनमा परेर रुकुम पश्चिममा एक महिलाको ज्यान गएको छ ।

चौरजहारी नगरपालिका वडा नम्बर ७ निवासी ६२ बर्षिया ठुम्रा मल्लको शुक्रबार दिउसो ज्यान गएको वडा अध्यक्ष इन्द्रलाल शर्माले बताए ।

नगरपालिकाको वडा नम्बर ७ नार्जिमा रहेको खेतका गहुँ काटेर माड्ने क्रममा लगाएको कपडा थेसर मेसिनमा बेरिएको र निजको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय चौरजहारिका प्रमुख प्रहरी निरीक्षक कृष्ण डांगिले जनाए ।

उनको शव पोस्टमार्टमको लागी जिल्ला अस्पताल जाजरकोट पठाउन तयारी गरिएको प्रहरी निरीक्षक डांगिले जनाएका छन् ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech