पाथीभरा मन्दिरमा दर्शन गर्न रोक

असल शासन प्रतिनिधि

ताप्लेजुङ/ प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिरमा दर्शन गर्न रोक लगाइएको छ ।

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले पूजापाठ र दर्शन गर्न रोक लगाएको हो ।

पाथीभरामा दिन प्रतिदिन भीड बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ताप्लेजुङले आइतबारदेखि वैशाख मसान्तसम्मका लागि पाथीभरा देवीस्थलमा पूजापाठ गर्न रोक लगाएको जनाइएको छ ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech