पूर्वराजा अस्पताल भर्ना

असल शासन प्रतिनिधि

काठमाण्डौं / भारतको हरिद्धारबाट फर्किएपछि कोरोना सक्रमण पुष्टी भएका पूर्ब राजा ज्ञानेन्द्र शाह दम्पती स्वास्थ्यमा समस्या आएपछि काठमाण्डौं स्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।
वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएपछि शाह दम्पती निर्मल निवासमा आइसोलेशनमा बस्दै आएका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आज दिउँसो नर्भिक अस्पतालमा भर्ना भएको बताईएको छ। प्राप्त जानकारी अनुसार शाह दम्पती सँगै पूर्व अधिराजकुमारी प्रेरणाा पनि अस्पताल भर्ना भएकी छिन् । तीनैजनाको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको अस्पताल श्रोतले जनाएकोछ ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech