प्रधानमन्त्री ओलीद्धारा धरहरा उद्घाटन

असल शासन प्रतिनिधि

काठमाण्डौं / भुकम्पपछि पुर्ननिर्माण गरिएको २२ तले धरहराको आज एक कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
काठमाण्डौको सुनधारा स्थित धरहरा परिसरमा भएको कायक्रमका बिच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् । उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले शिलालेख अनावरण गरेका थिए भने धरहरा चढेर उपत्यकाको अवलोकन समेत गरेका थिए । सो क्रममा धरहराको २० औं तलाबाट प्रधानमन्त्री ओलीले पुष्पवृष्टी समेत गरेका थिए । जमिनबाट ८३.८५ मिटर उचाईमा रहेको धरहरा हेर्दा पुरानो धरहरा जस्तै देखिएपनि अहिले धरहरा २२ तलाको सुविधा सम्पन्न बनेको छ। पूर्ननिर्माण गरिएको धरहराको रंगरोगन र दुईओटा लिफ्ट जडान गर्ने कार्य सकिएको छ भने पार्किङ क्षेत्र, बगैंचालगायतको काम चलीरहेको छ ।


बि.स. २०७२ सालको भूकम्पमा धरहरा भत्किए पछि पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री केपी ओलीले २०७५ पुस १२ गते गरेसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माण गर्दै आएको थियो । धरहराको उद्घाटन गरिएको भएपनि सर्वसाधारणका लागि भने खुल्ला हुन अझै केही समय पर्खिनुपर्ने बताईएको छ ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech