बाँकेको कोहलपुर नगरपालिकामा एक साता लकडाउन

असल शासन प्रतिनिधि

बाँके/ कोहलपुर नगरपालिकामा पनि लकडाउन गर्न लागिएको छ । संक्रमण बढ्दै गएपछि आइतबार राती १२ बजेदेखि लागु हुने गरी लकडाउन हुने भएको हो ।

शनिबार दिउँसो बसेको कोहलपुर नगरपालिका स्तरीय कोभिड–१० संकट व्यवस्थापन समितिको बैठकले बैशाख १९ गते राति १२ बजे सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए ।

उनका अनुसार संक्रमितको उपचार तथा व्यवस्थापनका लागि २५ बेडको अक्सिजन सहितको अस्पताल सञ्चालनमा ल्याइनेछ ।

 

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech