कोरोनाबाट संविधान सभा सदस्य सिद्दिकीको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सामाजिक तथा राजनीतिक क्षेत्रका अग्रणी व्यक्तित्व मोहम्मदी सिद्दिकीको ६२ बर्षको उमेरमा कोरोना संक्रमणबाट निधन भएपछि बाँके बासी सोकमा डुबेका छन ।

समाज रुपान्तरणमा सिद्दिकीको योगदान अतुलनीय रहको छ । उनी गएको चैत्र २८ गते भेरी अस्पतालमा उपचारका लागि भर्ना भएको पारिवारीक श्रोतले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका बसेर मुस्मि समुदायको लागि मात्र नभइ समग्र राष्ट्रका लागि उनले पुराएको योगदानको लामो इतिहास छ ।
उनी बिक्रम संवत् २०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेकी थिइन ।

उनको सक्रियता र मेहनतले नै उनलाई सफल बनाउँदै लगेको हो । यसको परिणाम उनी समानुपातिकतर्फ नेपाली कांग्रेसबाट सभासद बन्न सफल भएकी थिइन ।

राजनीतिमा पनि उनको अतुलनीय योगदान रहेको छ । उनका श्रीमान पनि नेपाली कांग्रेसमा सक्रिय रहेको उनका साथी सनत रेग्मी बताउछन । उनका श्रीमानको मृत्यु पछि सिद्दिकी राजनीतिमा सक्रिय भएको रेग्मीले बताए ।

सिद्दिकी फातिमा फाउन्डेसन नेपालको संस्थापक अध्यक्ष समेत थिइन । मुस्लिम तथा मधेशी महिलाको नेतृत्व विकास तथा अधिकारका लागि संस्थामार्फत खेलेको भुमिका अतुलनीय छ ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech