होम आईसोलेसनमा बसेका कोहलपुरका एक बृद्धद्धारा आत्महत्या

असल शासन प्रतिनिधि

कोहलपुर/कोरोना कहरको अवस्था भयाभह हुँदै गएको वेला अर्को नमिठो खबर सार्वजनिक भएको छ ।

वैशाख ३ गते कोहलपुर मेडिकल कलेजमा स्वाब परिक्षण गराएको र ५ गते कोरोना पोजेटिभ देखिएपछि कोहलपुर नगरपालिका वडा नम्बर ९ झण्डहवाका ६० बर्षिय बम बहादुर खत्री होम आईसोलेसनमा बसेका थिए ।

प्रहरीका अनुसार खड्काले शनिवार साझ ८ बजेतिर आफु बसेको कोठामा आत्महत्या गरेका हुन ।

आत्महत्या के कारणले भयो भन्ने कुरा खुलेको छैन । उनको शवलाई नेपाल प्रहरीले बुझेर कोहलपुर नगरपालिका वडा नम्बर ८ स्थित सितल छहारी सामुदायिक वनमा लगेर दाह संस्कार गरेको छ ।

उनका ३ वटा छोरा र श्रीमति रहेका छन ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech