त्रिशूलीमा खसेर एक मजदुरको ज्यान गयो, दुई जना बेपत्ता

असल शासन प्रतिनिधि

चितवन/ त्रिशूली नदीमाथि पुल बनाउने क्रममा खसेर एक जना मजदुरको ज्यान गएको छ भने दुई जना बेपत्ता भएका छन् । यस्तै ८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलमा ट्रस राख्ने क्रममा खस्दा एक जनाको ज्यान गएको हो ।

त्रिशूलीमा खसेका अरु दुई जना बेपत्ता भएका छन् भने ८ जना मजदुर घाइते भएका छन् ।

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बिहान ९ बजेतिर पुलमा ट्रस राख्ने क्रममा ट्रससहित उनीहरु नदीमा खसेका प्रहरीले जनाएको छ ।

हराइरहेका दुई जनाको खोजी भइरहेको छ ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech