नेपालगन्जमा ५० शैयाको आइसोलेसन निर्माण हुदै

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्जमा कोरोना सक्रमितको सख्या बढ्दै जादा नेपालगन्ज उपमहानगरपालिकाले तत्काल अक्सिजनसहितको ५० शैयाको कोरोना आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ ।
नेपालगन्ज उमपहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाको अध्यक्षतामा आज बसेको नगर कार्यपालिका बैठकले नगरमा कोरोना सक्रमितको स्वास्थ्य उपचारको सहजताका लागि तत्काल आईसोलेशन सेन्टर तयार गर्ने निर्णय गरेको हो । नेपालगन्ज उपमहानगरपालिकाले दिएको जानकारी अनुसार सो आईसुलेशन सेन्टर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० स्थित होटल व्हाइट हाउसमा निर्माण गरिने छ । सोमबार देखि नै निर्माण कार्य शुरु गरी हप्ता दिन भित्र आईसुलेसन सञ्चालनमा ल्याउने तयारी नेपालगन्ज उपमहानगरपालिकाको छ । आईसोलेसन सञ्चालन आएपछि डाक्टरसहित स्वास्थ्कर्मीको टोली खटाइने उपमहानगरपालिकाले जनाएको छ।
नेपालगन्ज स्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज लगायत कोरोना उपचार कक्षहरुमा बेडको अभाव भएपछि नेपालगन्ज उपमहानगरपालिकाले आफ्नै लगानीमा आईसोलेसन सेन्टर तयार गर्ने निर्णय गरेको हो ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech