परीक्षा अगावै प्रश्नपत्र आउट, १० पक्राउ

असल शासन प्रतिनिधि

विराटनगर/ परीक्षा अगावै प्रश्नपत्र आउट भएको बिषय बाहिरीएको छ ।

यो कुरा बाहिरीएपछि
एक जना कर्मचारी र ९ जना विद्यार्थीलाई पक्राउ परेका छन ।

पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घन्टाअघि प्रश्नपत्र बाहिरिएको थियो।

बैशाख ३ गते १ बजेदेखि हुने फिजिक्सको परीक्षा अघि ११ बजे नै प्रश्नपत्र आउट भएको जनाइएको छ ।

परीक्षा नियन्त्रक कार्यालयका प्रमुख प्रा. डा सूर्यप्रसाद संग्रौलाका अनुसार परीक्षा अघि प्रश्न पत्र सार्वजनिक भएपछि तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिइएको थियो ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काका अनुसार प्रश्नपत्र आउट गर्ने कर्मचारीलाई प्रत्येक विद्यार्थीहरूले १० देखि २० हजारभन्दा बढी रकम दिएको खुलेको छ ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech