आगलागीबाट धनगढीमा एक घर जलेर नष्ट

असल शासन प्रतिनिधि

धनगढी/  धनगढीमा एक घरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ का प्रेम पातलीको दुईतले काठको घरमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भान्सामा बालिएको आगोबाट अचानक आगलागी भएको हो ।

घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने गोठमा समेत आगलागी भएको छ । आगलागीबाट एउटा बाख्रा ,एउटा भैँसी, एउटा गाई र्र एउटा बाख्राको आधा शरीर जलेको प्रहरीले बताएको छ ।

आइतबार विहान साढे ११ बजेतिर भएको आगलागी भएको हो । आगलागी नियन्त्रणमा आइसकेको छ ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech