कोहलपुरका मेयर रावतलाई क्रेटाकार उपहार

असल शासन प्रतिनिधि

कोहलपुर / कोहलपुर नगरपालिकामा एउटा एम्बुलेन्स समेत नभएको अवस्थामा झण्डै ५० लाख बरावरको कार किनेर चर्चामा आएका कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतलाई आज अर्को क्रेटाकार उपहार दिईएको छ ।
कोरोना महारिका रोगथाममा ध्यान दिनुको साटो नयाँ कार खरिद गरेको सांकेतिक बिरोधमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले मेयरलाई उक्त उपहार दिएका हुन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कोहलपुर नगर कमिटीका संयोजक लक्ष्मण मानव सहितको टोली मेयर रावतको कार्यकक्षमा नै पुगेर कार उपहार दिनुका साथै ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । उक्त ध्यानाकर्षण पत्रमा बाँके जिल्ला कोभिडको महामारिको अवस्थामा महंगो मुल्यमा कार खरिद गर्नु कतई जायज नहुने उल्लेख थियो । उपहार र ध्यानाकर्षण पत्र बुझ्दै मेयर राणाले नगरपालिकाको निर्णय अनुसार कार्यालयलाई आवश्यक भएकाले कार खरिद गरिएको बताएका थिए ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech