वडा अध्यक्ष मल्लको लगानीमा आईसोलेसन

असल शासन प्रतिनिधि

नेपालगन्ज / खजुरा गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुमन मल्लले ब्यक्तिगत लगानीमा अक्सिजन सहित १० बेडको आईसोलेसन सञ्चालनमा ल्याएका छन् ।
पछिल्लो समय कोरोना सक्रमीतको सख्या दिनानुदिन बढ्दै गएपछि पूर्व तयारी अन्तरगत सो आईसोलेसन सञ्चालनमा ल्याएको वडा कार्यालयले जनाएको छ । राधापुर स्वास्थ्य चौकीमा तयार गरिएको उक्त अक्सिजन सहित १० बेडको आईसोलेसनका लागि वडा अध्यक्ष सुमन मल्लले ब्यक्तिगत ४ लाख लगानी गरेको वडा सचिब चिरन्जीवि पाण्डेले असल शासन डटकमलाई बताए । वडा अध्यक्षको व्यक्तिगत लगानीमा तयार गरिएको आईसोलेसनको खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले आज अवलोकन तथा उद्घाटन गरेका छन् । आईसोलेसनको गाँउपालिका अध्यक्षले उद्घाटन गरेसँगै आज बाटनै सञ्चालनमा आएको वडा सचिब पाण्डेले बताए । आईसोलेसनमा आवश्यक औषधि समेत रहने वडाले जनाएको छ ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech