सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

असल शासन प्रतिनिधि

काठमाडौं / सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका सबै परीक्षा स्थगित गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षाका नाममा भीडभाड भएको भन्दै सीसीएमसीले तत्कालका लागि सबै परीक्षा रोक्नुपर्ने निष्कर्ष निकालेको छ ।

भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी सचिवालयका संयोजक डा. खगराज अधिकारीले जानकारी दिएका छन ।

 

 

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech