बाँके र बर्दियामा आज राती १२ बजेदेखि निषेधाज्ञा

असल शासन प्रतिनिधि

नेपालगन्ज /  कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आज राती १२ बजेबाट निषेधाज्ञा लागु हुँदै छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने छ ।
यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो ।

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सन्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ ।

यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा खुल्ला हुने छन् ।

 

उता बर्दिया जिल्लामा पनि कोभिड—१९ बाट संक्रमित हुनेहरुको संख्या बढ्दै गएपछि बर्दिया जिल्लामा निषेधाज्ञा गरिएको छ ।
यस अवस्थालाई मध्यनजर गर्दे वैशाख १३ गते राती १२ बजेदेखि वैशाख १९ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech