दाङमा झाडापखालाबाट दिदी–बहिनीको मृत्यु

असल शासन प्रतिनिधि

दाङ/ स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लाग्यो । अनि त्यही झाडापखाला नै मुत्युको कारण बनेको छ ।

झाडापखाला बाट दाङको राजपुर गाउँपालिका–६ का ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुबै जना एकै घरका दिदी–बहिनी हुन ।

दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवा दाङका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech