बेहुला-बेहुली सहित दर्जन घाईते

असल शासन प्रतिनिधि

धनगढी / कञ्चनपुरबाट जन्ती बोकेर गएको जीप बैतडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका- ६ ग्वाल्लेक घट्टेघाट खोलामा सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु र ११ जना घाइते भएका हुन ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ३ का ५५ वर्षीय देवदत्त जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

१२ जना सवार रहेको उक्त जीपमा दुलाह दुलहीसहित ११ जना घाइते छ्न ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech