मंगलबार मध्यरातिदेखि सुर्खेतमा एक हप्ता निषेधाज्ञा

असल शासन प्रतिनिधि

सुर्खेत/ कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार मध्यरातिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा लागू गरिदै छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

प्रमुख जिल्ला अधिकारी रिजालले निषेधाज्ञाको पालना गर्न सम्पुर्ण जिल्लाबासीलाई आग्रह गरेका छन ।

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडी मात्र सञ्चालन गर्न दिने बताइएको छ ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech