गोली लोड भएको पेस्तोल सहित एक व्यक्ति पक्राउ

असल शासन प्रतिनिधि

जनकपुरधाम / गोली लोड भएको पेस्तोल सहित एक व्यक्ति पक्राउ परेका छन ।

उनको साथबाट प्रहरीले लागूऔषध चरेस पनि फेला पारेको छ ।

सर्लाही सदरमुकाम मलंगवाबाट भारतको बिहार राज्य अन्तर्गत सितामढी थाना कन्हौली ग्राम पञ्चायत बिसनपुर आधार वडा नम्बर ८ बस्ने २४ वर्षीय सकलदीप कुमार महतो पक्राउ परको प्रहरीेले जनाएको छ ।

सर्लाही प्रहरीका अनुसार महतो सवार बीआर३०एस ६२०३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको डिकीभित्र गोली लोड भएको अवस्थामा कटुवा पेस्तोल दुई थान र लागूऔषध चरेश ५ सय ग्राम बरामद भएको हो ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech