डढेलोमा जलेर वृद्धाको मृत्यु

असल शासन प्रतिनिधि

स्याङ्जा/ वनमा लागेको डढेलोमा जलेर स्याङ्जामा एक वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आइतबार दिउँसो २ बजेतिर आँधीखोला गाउँपालिका–१ अर्घौंदीकी ७२ वर्षकी टीकाकुमारी तिवारीको डढेलोमा जलेर मृत्यु भएको हो ।

घर फर्किने बेलामा रातो पहिरो पाखामा लागेको डढेलकोको मुस्लोमा परी मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech