नदीमा डुबेर दुईजनाको मृत्यु

असल शासन प्रतिनिधि

काठमाडौं / दुई अलग—अलग स्थानमा नदीमा डुबेर दुइ जनाको ज्यान गएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ स्थित भोटेकोशी नदीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भोटेकोशी गाउँपालिका–१ मा निर्माणाधीन मध्यभोटेकोशी हाइड्रोपावरको सुरुङ मार्गमा काम गर्ने बैतडी डोगडाकेदार गाउँपालिकाका २६ वर्षीय रमेशबहादुर साउदको आइतबार दिउँसो मृत्यु भएको हो ।

यसैगरी ,सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ मजुवास्थित ताम्ली नदीको दहमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार खोलाको छेउमा खेल्ने क्रममा ढुंगाबाट चिप्लेर दहमा डुबेर ६ वर्षीया जेनिशा विकको आइतबार दिउँसो मृत्यु भएको हो ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech