करेन्ट लागेर एकजनाको मृत्यु

असल शासन प्रतिनिधि

काठमाडौं/ करेन्ट लागेर तनहुँको शुक्लागण्डकी नगरपालिका–११ भुस्नापुर स्यानिभञ्ज्याङमा एकजनाको मृत्यु भएको छ ।

शुक्लागण्डकी–११ का ५८ वर्षीय युवराज शर्माको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

उनी ग्रामीण सामुदायिक विद्युत उपभोक्ता ढोरफिर्दीका कर्मचारी समेत हुन ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech