बर्दियाको बाँसगढीमा मास्क बैंक

असल शासन प्रतिनिधि

बर्दिया / हुनेले दिएर जाऔं नहुनेले लगाएर जाऔं नारा सहित बर्दियाको बाँसगढीमा मास्क बैंक सञ्चालनमा आएको छ ।
कोरोना महामारिको सक्रमण बढ्दै गएपछि आम नागरिकहरुलाई मास्क प्रयोगको महत्व बारे अवगत गराउने तथा मास्क किन्न नसक्नेलाई निःशुल्क उपलव्ध गराउने उद्धेश्यले मास्क बैंक सञ्चालनमा ल्याएको बताईएको छ ।

ईलाका प्रहरी कार्यालय मोतिपुरको सहकार्य तथा युवा सञ्जाल बाँसगढीको व्यवस्थापनमा बैशाख १ गते देखि मास्क बैंक सञ्चालन गरिएको भएपनि पछिल्ला केही दिन यता कोरोना सक्रमण बढ्न थालेपछि त्यसलाई थप व्यवस्थित गर्दै लगिएको बताईएको छ ।
कोभिड सक्रमणबाट बच्न र बचाउन निशुल्क रूपमा सर्वसाधरणका लागि मास्क वितरण गर्ने गरि मास्क बैंक सञ्चालनमा ल्याएको युवा सञ्जाल बाँसगढीका अध्यक्ष एकनारायण अधिकारीले असल शासन डटकमलाई बताए । दैनिक १०० देखि १५० थान मास्क स्थानीयहरुले बैंक मार्फत प्रयोग गर्ने गरेको उनको भनाई छ । मास्क बैंक सञ्चालनमा ल्याएपछि दैनिक रुपमा विभिन्न संस्था तथा व्यक्तिहरुले समेत बैंकलाई मास्क हस्तान्तरण गर्ने गरेको अध्यक्ष अधिकारीको भनाई छ । मास्क बैंकले आम नागरिकहरुलाई सहयोग पुगेको बताइन्छ ।

 

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech