डिसिसिएमसि बाँकेलाई सात हजार थान मास्क सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोरोना नियन्त्रणका लागि मास्कको चरम अभाव भएपछि डिसिसिएमसि बाँकेको अनुरोधमा गैरसरकारी संस्था महासंघ नेपाल बाँकेको संयोजनमा आज सात हजार थान मास्क डिसिसिएमसिलाई सहयोग गरिएको छ ।


बास नेपाल, एचसिआरसि हस्पिटल नेपालगन्ज, अप्टिमिष्ट क्लब नेपालगन्ज, रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्ज, पूर्णतारा फाउण्डेसन र नारी उत्थान केन्द्रले ले डिसिसिएमसि बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिबलाल गेलाललाई सात हजार थान मास्क हस्तान्तरण गरेको हो । जिल्ला प्रशासन कार्यालयमा गरिएको हस्तान्तरण कार्यक्रममा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, बासका निर्वतमान अध्यक्ष मन भण्डारी, निर्देशक हेमराज भट्ट, एचसिआरसि हस्पिटलका मेनेजर एबम् अप्टिमिष्ट क्लबका अध्यक्ष रमेश सिटौला, रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जका अध्यक्ष पुरण थारु, पूर्णतारा फाउण्डेसनकी अध्यक्ष तारा रोकाया, नारी उत्थान केन्दकी अध्यक्ष मिना श्रेष्ठ, रचना श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । मास्क बुझ्दै प्रमुख जिल्ला अधिकारी गेलालले गैससको समन्वयमा प्रदान भएको सहयोग निकै महत्वपूर्ण भएको बताए । उनले आगामी दिनमा समेत गैससहरुबाट सहयोगको अपेक्षा गरिएको बताए ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech