नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक

असल शासन प्रतिनिधि

काठमाण्डौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्रान्जिट बनाएर तेस्रो मुलुक जान नेपाल सरकारले रोक लगाएको छ ।
अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै वैशाख १५ गते बुधबार मध्यरातदेखि त्रिभुवन विमान स्थल ट्रान्जिट बनाएर तेस्रो मुलुक जान नपाइने जानकारी गराएको हो ।
पछिल्लो समय कोरोनाको नयाँ लहर तिब्र रुपमा फैलिएसँगै जोखिमलाई मध्यनजरमा गरि उक्त निर्णय गरेको अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा भनीएको छ । बिज्ञप्तीमा भनीएको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्नर विमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न वैशाख १५ गते २४ः०० बजेबाट लागू हुनेगरी रोक लगाइएको सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र विदेश जानेहरूका लागि साबिक बमोजिम नै नियमित रहने समेत उल्लेख गरिएको छ ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech