गजल

सविना भाट

संघर्ष नै जीवन भन्छन छोड्नु कसरी ?
ठेगाना नै छैन तिम्रो चिठ्ठी कोर्नु कसरी ?

बिउतिने हैनौ अब लास बनि गयौ तिमी
चाहेर नि तिम्रो बाटो मोड्नु कसरी ?

चैतमासको खडेरीमा सुकेको त्यो डाली
पलाउछ कि भन्ने आसमा गोड्नु कसरी ?

बेला भयो भन्छन घर डोली चढि जाने
जीउँदो लाश झै भाछु नाता जोड्नु कसरी ?

  • कृष्णपूर–६, कंन्चनपुर

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech