उपभोक्ता झुक्याउने सर्जिकल पसललाई दुई लाख जरीवाना

औषधि तथा सर्जिकल पसलको अनुगमन, उपभोक्तालाई झुक्याउने गरि महंगो सामान बिक्रि गरिरहेको पाईयो

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्जमा रहेका औषधि तथा सर्जिकल पसलमा स्वास्थ्य सामाग्रीको मुल्यमा सेवाग्राहीहरु ठगिएको भन्ने गुनासो आएपनि आज अनुगमन गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगंजका प्रमुख कृष्ण प्रसाद पौड्याल सहितको अनुगमन टोलीले नेपालगन्जका विभिन्न चार ओटा औषधि तथा सर्जिकल पसलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अक्सिमिटर, सेनीटाइजर जस्ता अत्यावश्यक बस्तुको मुल्य र गुणस्तरमा उपभोक्तालाई झुक्याउने गरि लेवलमा अधिकतम खुद्रा मुल्य केरमेट गर्ने र उपभोग्य म्याद समाप्त भएका सेनीटाइजर बिक्रि गर्ने पश्चिमाञ्चल डीष्ट्रिब्युटर नेपालगन्जलाई तत्काल दुइ लाख रुपैयाँ जरिवाना गरेको छ । साथै लेवलमा केरमेट गरि बिक्रिका लागि राखेका अक्सिमिटर लगायतका वस्तु बिक्रि नगरी  फिर्ता गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगंजका सुचना अधिकारी देवीलाल चौलागाईले असल शासन डटकमलाई बताए ।

अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगंजका प्रमुख कृष्ण प्रसाद पौड्याल, कार्यालयका  सुचना अधिकारी देवीलाल चौलागाईं नेपालगंज उपमहानगरपालिकाकाका अधिकृत दिपेन्द्र श्रेष्ठ, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौतम र औषधि व्यवस्था विभाग, शाखा कार्यालय नेपालगन्जका लोकेश गिरी रहेका थिए ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech